प्रबिन चाैधरी
अक्षररेखा सम्बादाता  । असार १८,  बर्दिया

सरकारले बढैयाताल गाउँपालिका वडा नं. ४, मानकिनार टोलका भुमिहीन दलित र भुमिहीन सुकुम्बासीका २९ घर परिवारलाई जग्गाको स्वामित्व प्रदान गर्ने अभियान अन्तर्गत आज जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ।

जिल्ला भूमि समस्या समाधान समिति बर्दियाको अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्युको अध्यक्षतामा तथा केन्द्रिय भूमि समस्या समाधान समिति संयोजक श्री वलभद्र वास्तोलाको प्रमुख आथित्यता, विशिष्ट अतिथि बढैयाताल गाउँपालिका अध्यक्ष श्री हिमालय त्रिपाठी ,उपाध्यक्ष श्री लक्ष्मी कुमारी अधिकारी समेतकाे अतिथ्यतामा २ जना भूमिहिन दलित र २७ जना भूमिहिन सुकुम्वासि गरि जम्मा २९ जनालाई पुर्जा वितरण कार्य सम्पन्न भएको छ ।

लालपुर्जा प्राप्त गरे सँगै वर्षौँ देखि जग्गाविहीन अवस्थामा बसोबास गर्दै आएका परिवारले कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गरेका छन्।
कार्यक्रममा बोल्दै सरोकारवाला अधिकारीहरूले भूमि सम्बन्धी समस्या समाधान गरी नागरिकलाई सुरक्षित आवास र स्थायी बसोबासको अधिकार सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएका छन्। उनीहरूले बाँकी योग्य लाभग्राहीलाई पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः जग्गा धनी पुर्जा वितरण गरिने जानकारी दिएका छन्।


लाभग्राहीहरूले लालपुर्जा प्राप्त भएपछि आफ्नो जग्गा माथि कानुनी अधिकार स्थापित भएको भन्दै सरकारप्रति आभार व्यक्त गरेका छन्।

उक्त कार्यक्रम जिल्ला भूमि समस्या समाधान समिति, बर्दियाको आयोजना र बढैयाताल गाउँपालिकाको सहयोगमा सञ्चालन भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय