नेपालगन्ज ।

बिगत दुई दर्शक देखि सांगितिक क्षेत्रमा निर्देशन गर्दै आएका पश्चिम नेपालका लोकप्रिय निर्देशक नवराज सुवेदीको अर्को थारु भाषाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिहिवार एक कार्यक्रम बीच ‘दिल कहे बार-बार’ बोलको गित सार्वजनक गरिएको हो । सो गीत सेविल इन्टरटेन्टमेन्टको यूट्यूब च्यानलमार्फत
बाँकेलाई पर्यटन प्रबर्द्धनमा संगीतको माध्यमबाट अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउन बाँकेका विभिन्न ठाउँहरुमा भिडियो छायाँकन गरिएको निर्देशक नवराज सुवेदीले बताए ।

उक्त कार्यक्रममा सरोकारवालाले सिमित स्रोत साधन बापजुत पनि उत्कृष्ट भिडियाे छायांकन भएको प्रतिक्रिया दिएका छन् । गीतको सार्वजनिक समारोहमा बोल्दै यस क्षेत्रका समाजसेवी इश्वर पोखरेलले गीत राम्रो बनेको प्रतिक्रिया दिए । स्थानीय स्तरबाट पनि उत्कृष्ठ छायाँकन तथा उत्पादन हुन सक्ने भन्दै आगामी दिनमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले गीत आफैमा राम्रो रहेको र निर्देशन पनि गज्जब भएको प्रतिक्रिया दिए । उनले पछिल्लो समय पश्चिम नेपालमा थुप्रै चलचित्र तथा गीतहरुको छायाँकन हुने गरेको बताए । उनले पश्चिम नेपाल कलाकारको उर्वर भूमि भएकाले यस क्षेत्रको कलाकार फष्टाउन जरुरी रहेको भन्दै यस्ता यस्ता प्रोजेक्टले सो कार्यमा सहयोग पुर्याउने धारणा राखे ।

पश्चिम नेपालका लोकप्रिय निर्देशन सुवेदीले हाल सम्म ९९ औं गीतमा निर्देशन गरेका छन । ‘दिल कहे बार-बार’ बोलको गित
गीतको कन्सेप्ट, फाइट र निर्देशन स्वयं सुवेदिले गरेका हुन ।

सार्वजनिक समारोहमा गीत उत्पादनमा सहभागि मुख्य कलाकारसहित, गायक लगायतको उपस्थिति रहेको थियो भने अतिथि तथा कलाकारलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय