‘यात्रामा सुख, दुःख, हर्ष अनि आनन्दका अनुभूति महसुस गर्दागर्दै बितिजाने रहेछ।‘ हो जानु काम्बाङजी; यात्रा मात्र होइन जिन्दगी पनि यसैगरी हामीमाथि उडिरहने हावासँगै उडिजाने हो। पारिजात दिदीले भने जस्तै हामी बाँच्ने त केबल सम्झनामा हो।
पैतालाका डोबहरू नापेर संसारका विविध कुनामा पुग्छ मान्छे। रहर, बाध्यता, गुणस्तरीय जीवन, पारिवारिक एकता– संसार घुम्ने यी जेसुकै कारण हुन्। मान्छे हिंड्न पनि छोड्दैन र पुरानो ठाउँलाई सजिलै भुल्दैन पनि। यस क्रममा नयाँ स्थानको ग्रहण र पुरानाको स्मृतिको सुसेलीमा कुँदिएको जानु काम्बाङ लिम्बुको पुस्तक हो— फ्लान्डर्स फिल्डमा तमोरका सुसेली ।


