रावण विश्वकर्मा |बर्दिया
बर्दियाको बढैयाताल गाँउपालिकाको ८ नं वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाह मुक्त वडा घोषणाका लागि सबै सुचक पुरा गरेकाले सोमबार ८ नं वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका भौतिक पुर्वधार बिकास मन्त्री भुमिश्वर ढकाल, लुम्बिनी प्रदेशका संसद भुवनेश्वर थारु, बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी लगायतको उपस्थितिमा वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको थियो । वडालाई बालविवाह मुक्त वडा घोषणा गरिए सँगै उमेर नपुगि विवाह गर्न नदिने निर्णय सहितको घोषणा पत्र ८ नं वडा अध्यक्ष तेजनाथ पौडेलले प्रस्तुत समेत गर्नु भएको थियो ।

बढैयाताल गाँउपालिकाले २०८१ भित्र बालबिवाह मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ । गाँउपालकामा रहेका ९ वडा मध्य ६ वटा वडालाई बाल विवाह मुक्त वडा घोषणा गरि सकेको छ । अव गाँउपालिकाको १, ४ र ९ नं वडालाई मात्र बालविवाह मुक्त वडा घोषणा गर्न बाँकी छ । गाँउपालिकामा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले बाल विवाह विरुद्धका विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् |





