बैजनाथ गाउँ पालिका खेलकुद विकास समितिको आयोजनामा मिति २०८१ पौष १३ देखि १६ सम्म रंनिंग शिल्ड प्रतियोगिता संचालन हुने भएको छ |

बैजनाथ गाउँ पालिकाको वार्ड न ६ स्थित लालपुर खेल मैदानमा संचालन हुने  तेश्रो उप प्रमुख कप बैजनाथ गाउँ पालिका स्तरीय अन्तर खेलकुद प्रतियोगिता -२०८१ तथा रास्ट्रपति रंनिंग शिल्डमा यस गाउँ पालिका अन्तर्गतका सम्पूर्ण आ बि (१-८) र मा बि तहका सम्पूर्ण बिद्यालयहरु जम्मा ४२ बिद्यालय टिम दर्ता भैसकेको गाउँ पालिकाको शिक्षा शाखाका कर्मचारी लाल बहादुर बोहराले जानकारी दिएका छन् |

पौष १३ गतेदेखि संचालन हुने उक्त प्रतियोगिताको ९० % तयारी पनि सम्पन्न भैसकेको समेत उनले जनाएका  छन् |

रंनिंग शिल्ड प्रतियोगितामा सहभागी  भै खेल अवलोकन गरिदिनुहुन सम्पूर्ण जनप्रतिनिधि, राजनीतिज्ञ , समाजसेवी, व्यापारी , शिक्षक, कर्मचारी,  विद्यार्थी, खेलप्रेमी तथा सम्पूर्ण दिदि बहिनि, दाजु भाइ लगायत सम्पूर्ण व्यक्तित्वहरुलाई बैजनाथ गाउँपालिका खेलकुद विकास समितिले  हार्दिक अनुरोध गरेको छ  |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय