१४ माघ । बर्दिया । रावन विश्वकर्मा
प्रेस चौतारी नेपाल बर्दियाको अध्यक्षमा पुनः यज्ञ प्रसाद सापकोटा चयन भएका छन् । सोमबार बर्दियाको बढैयातालमा भएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाको ९ औँ अधिबेसनबाट सापकोटा पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

अधिवेसनले उपाध्यक्षमा दल बहादुर सुनार, महिला उपाध्यक्षमा सृजना वली, सचिवमा प्रकाश पौडेल, सहसचिवमा सरम चौधरी, राज कुमार विक र कोषाध्यक्षमा सौगात श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै सदस्यमा मान बहादुर आले, दिनेश ठाकुर, जोधिराम चौधरी, मिलन विक र राज बहादुर क्षेत्री छन । अधिवेसनबाट केन्द्रिय प्रतिनिधिमा जिवन कला थापा, सुदिप अधिकारी र मान बहादुर चौधरी र प्रदेस प्रतिनिधीमा पुष्कर काफ्ले र सुमित्रा बराललाई छनोट गरेको छ ।





