भाद्र १६ । बाँसगढी ।
युवा सञ्जाल बाँसगढीले आफ्नो ५ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
भदौ १५ गते लक्ष्मणपुरस्थित बेलटारी सामुदायिक वनको हरित पिकनिक पार्क चटिया ताल परिसरमा निम, गोलमोहर, बेलौटी, धूपी लगायत विभिन्न प्रजातिका ५० भन्दा बढी बृक्षरोपण गरि शुभकामना आदनप्रदान गर्दै दिवसलाई पर्यावरणमैत्री एवं अर्थपूर्ण ढङ्गले मनाएका छ ।

बाँसगढी क्षेत्रमा विशेषगरी पछिल्ला दिनहरुमा बालविवाह अन्त्यका लागि प्रभावशाली भूमिका निर्वाह गर्दै आएको बाँसगढी युवा सञ्जालले स्थापनाकालदेखि नै समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न उदाहरणीय कार्यहरू गर्दै आएको छ ।

स्थापनादेखिनै समाजमा विभिन्न सामाजिक अभियानहरु सञ्चालन गर्दै आएको युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीले बताएका छन् । उनका अनुसार, बाँसगढी स्थित विभिन्न निकायहरुसँग सहकार्य गर्दै बजार सरसफाई, कोरोनाकालमा विभिन्न कार्यक्रमहरु, महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा र यौनजन्य हिंसाका विरुद्धका कार्यक्रम, किशोर किशोरी लक्षित कार्यक्रम, लागु औषध दुव्र्यशनका विरुद्धका विभिन्न चरणवद्ध कर्यक्रम, रक्तदान कार्यक्रम, युवाहरुलाई उद्मशिलता लक्षित कार्यक्रम, दिनदुखि र विरामीहरुलाई आर्थिक सहयोग संकलन तथा उपचारमा सहयोग, स्थानीय स्तरका दैवी प्रकोप तथा वाढी पिडितहरुका लागि राहत संकलन र वितरण, वालविवाह न्यूनिकरण, वृक्षरोपण लगायतका समसामयिक विषयहरुमा अभिमुखीकरण, अन्तरक्रिया जस्ता गतिविधिहरु सञ्चालन गर्दै आजको दिनसम्म आईपुगेको छ युवा सञ्जाल ।

बाँसगढी केन्द्रित सामाजिक क्षेत्रमा क्रियाशिल युवा सञ्जाललाई अहिले धेरै युवाहरुकोे साथ र सहयोग गरेको र बाँसगढी नगरपालिका, वडा कार्यालयहरु, उद्योग वाणिज्य संघ, प्रहरी कार्यालय, विद्यालयहरु, लगायतका संघसंस्थाको सहयोग रहेको सञ्जालका अध्यक्ष एकनारायण अधिकारीले बताएका छन् ।

सञ्जालले स्थापनाको ५ वर्ष पुरा गरेको यस गौरवपूर्ण अवसरमा, युवा सञ्जाल बाँसगढीले शुभचिन्तक, सहकार्यकर्ता, सद्भावकर्मी तथा सहयोगी संघ संस्था लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
आगामी दिनहरूमा पनि निरन्तर उदाहरणीय गतिविधिहरूका माध्यमबाट समाज रूपान्तरणमा अझ प्रभावकारी योगदान पु¥याउने सञ्जालका अध्यक्ष एक नारायण अधिकारीले प्रतिवद्धता समेत व्यक्त गरेकोछन् ।





