२७ असोज, बाँसगढी ।
बर्दियाको बाँसगढीमा बाँसगढी प्रिमियर लिग (BPL) को तेस्रो सिजन आजबाट शुरु भएको छ ।
बाँसगढी क्रिकेट क्लबले पछिल्लो तिन वर्षदेखि बाँसगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चान गर्दै आएको छ ।
बाँसगढी प्रिमियर लिग सिजन ३ को आज भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ककाैरा सुपर किङ्स KSK र माछागढ सुपर स्ट्राइक्स MSS बीच रोमाञ्चक प्रतिस्पर्धा भयो ।
टस जितेर ककाैरा सुपर किङ्सले व्याटिङ रोज्दै १४.४ ओभरमा १०२ रन बनायो। ककाैरा सुपर किङ्सका लागि विजय चौधरीले ३१ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ माछागढ सुपर स्ट्राइक्सका नितेश न्यौपानेले ३ विकेट लिए भने युवराज रावत र सोलुप चौधरीले २-२ विकेट लिए। सुरेश भण्डारी र युवराज वलीले समान १-१ विकेट लिए।
१०३ रनको लक्ष्य चेज गर्न उत्रिएका माछागढ सुपर स्ट्राइक्स ९८ रनमा अलआउट हुँदै ४ रनले पराजित भए। माछागढका तर्फबाट हेमन्त आचार्यले ३० बलमा ४६ रनको उत्कृष्ट पारी खेले भने सोलुप चौधरीले १७ बलमा ४१ रनको प्रभावशाली ब्याटिङ प्रस्तुत गरे। यसबाहेक अन्य ब्याटरहरूले दोहोरो अंक पनि जोड्न सकेनन्।
ककाैरा सुपर किङ्सको बलिङतर्फ विजय चौधरी र अजय साहानीले समान ३-३ विकेट लिए, भने प्रेम वलीले १ विकेट लिए।
३१ रन बनाएका र ३ विकेट लिएका विजय चौधरी म्यान अफ द म्याच घोषित भए।
सिजन ३ को उद्घाटन खेलले रोमाञ्चक प्रतिस्पर्धाको शुरुवात गरेको छ, र यो टूर्नामेन्ट आगामी दिनहरूमा अझ बढी उत्साहजनक हुने आयोजकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय