२९ असोज, बर्दिया ।

बाँसगढी प्रिमियर लिगको आज भएको  दुई खेलमा माछागढ सुपर स्ट्राइकर्स र बाँसगढी राइनोजले  जित हात पारेका छन्।

पहिलो खेलमा माछागढ सुपर स्ट्राइकर्सले बाँसगढी ब्ल्याकबक्स स्ट्राइकर्समाथि ३४ रनको जित दर्ता गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको माछागढले निर्धारित १५ ओभरमा १०७ रन बनायो। टोलीका लागि नितेश न्यौपानेले सर्वाधिक ५० रनको महत्त्वपूर्ण योगदान दिए।

बलिङतर्फ ब्ल्याकबक्सका आकाश बिष्ट, आकाश थापा र निखिल खत्रीले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको ब्ल्याकबक्स १२.१ ओभरमा ७३ रनमै अलआउट भयो। टोलीका लागि निखिल खत्रीले २९ रन बनाए। माछागढका बलर डम्बर माझीले ३ विकेट लिए भने नितेश न्यौपाने र युवराज वलीले समान २/२ विकेट लिए। सोलुप चौधरी र राजन शाहले पनि १/१ विकेट लिएका थिए।

अलराउण्ड प्रदर्शन गरेका नितेश न्यौपाने (५० रन र २ विकेट) ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो खेलमा बाँसगढी राइनोजले बाँसगढी रोयल्स टाइगर्समाथि ५ विकेटको जित दर्ता गर्न सफल भयो। टस जितेर बलिङ रोजेको राइनोजले टाइगर्सलाई ११३ रनमा समेट्न सफल रह्यो।

टाइगर्सका लागि शुभेन्दु पाण्डेले ३८ रन बनाए भने लभकुश यादवले २६ रनको योगदान दिए। बलिङतर्फ राइनोजका कप्तान सिद्धान्त राज शाहीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। सलाउदिन खान, सुरज भण्डारी र निशान्त आचार्यले २/२ विकेट लिए।
११४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको राइनोजले खेल १४.४ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो। सलाउदिन खानले आक्रमक ब्याटिङ गर्दै २५ बलमा ४३ रनको विजयी इनिङ खेले। साथै, उनले बलिङमा पनि २ विकेट लिएका थिए।
बाँसगढी प्रिमियर लिगका खेलहरू रोचक र प्रतिस्पर्धात्मक बन्दै गइरहेका छन्। आगामी खेलहरू अझ रोमाञ्चक  रहने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय