२ कार्तिक, बाँसगढी।

बाँसगढीमा जारी बाँसगढी प्रिमियर लिग सिजन ३ अब फाइनल चरणमा प्रवेश गरेको छ ।
फाईनल खेलका लागि बाँसगढी रोयल टाइगर्स र बाँसगढी राइनाृेज बिच प्रतिष्प्रर्धा हुने छ ।

बाँसगढी प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेलमा बाँसगढी रोयल टाइगर्सले माछागढ सुपर स्ट्राइकर्सलाई ६२ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

टस जित्दै ब्याटिङ रोजेको बाँसगढी रोयल टाइगर्सले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनको योगफल तयार गर्यो। टोलीका निर्मल गुरुङले सर्वाधिक २२ रनको योगदान दिए।

बलिङतर्फ माछागढ सुपर स्ट्राइकर्सका नितेश न्यौपानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। यस्तै सोलुप चौधरी, डम्बर माझी र सुरेश भण्डारीले समान २–२ विकेट हात पारे भने राजन शाहीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको माछागढ सुपर स्ट्राइकर्स ३७ रनमै समेटियो र खेल ६२ रनले गुमायो। स्ट्राइकर्सका सम्मान ज्ञावलीले १० रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।

बलिङतर्फ रोयल टाइगर्सका समीर आचार्य र लभकुश यादवले समान ३–३ विकेट लिए भने निर्मल गुरुङले २ विकेट हात पारे।

१४ रन र ३ विकेटको योगदानसहित लभकुश यादव म्यान अफ द म्याच घोषित  भए |

यस जितसँगै बाँसगढी रोयल टाइगर्सले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ। अब उपाधिका लागि उसले टेबल टपर बनेको बाँसगढी राइनोज विरुद्ध भिड्नेछ।

फाईनल खेल ३ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय