बाँके, मंसिर ४ ।  बाँके बैजनाथ वडा नं. ८ स्थीत श्री भगवती माध्यमिक बिद्यालय, हसनापुर ले दान पेटिकामा संकलित रकमबाट अति बिपन्न, असहाय बालबालिका हरुलाई शैक्षिक सामाग्री उपलब्ध गराई उदाहरणीय कार्य गरेको छ ।

आज विद्यालयमा भएको एक विशेष कार्यक्रमका विच सहयोग विद्यालयले स्थापना गरेको दान पेटिका  मा संकलन भएको रकमबाट शैक्षिक सामाग्री खरिद गरी असाय, अति विपन्न विद्यार्थीहरुलाई झोला, कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले बताउनु भएको छ ।

असाहय,बिपन्न,अनाथ विद्यार्थीहरु लगायत प्राकृतिक बिपत्तिमा परेका ब्याक्तीहरुलाइ कोष निर्माण गरि सहयोग गर्ने उद्देश्यका साथ गत भदौ महिनादेखि बिद्यालयमा दानपेटिका म्यलबतष्यल दयह को शुरुवात गरिएको र उक्त दानपेटिकामा वि.व्य.स.का पदाधिकारीहरु, समाजसेवी व्यक्तित्वहरु, विभिन्न समयमा विद्यालयमा अनुगमनको क्रममा आउने सरोकारवाला नियकाका व्यक्तिहरु, विद्यालयका शिक्षक÷कर्मचारी र विद्यार्थीहरुले रकम दान गर्दै आएको विद्यालयका प्र.अ.ले बताउनु भएको छ ।

आज सम्पन्न भएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि,वि.व्य.स. पदाधिकारीहरु, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उत्साहजनक उपस्थिती रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय