कविता:
म
अन्तरमनको युद्ध
र शान्तिको खोजमा
घाइते आत्मा हुँ कि यात्रु?
शायद दुवै
किनकि युद्धले नै
शान्तिको अर्थ सिकाउँछ।
म
शब्द भन्दा गहिरो,
र मौन भन्दा ठूलो एउटा प्रश्न हुँ ।
म आफ्नो अस्तित्वलाई अर्थ दिन खोज्ने,
अर्थबाटै बनिएको एउटा आत्मा हुँ।
म त बस्
जीवनको एउटा
अर्थ खोज्दै दौडिरहेको
शब्द हु
र शायद,
म प्रश्न पनि हुँ
र उत्तर पनि म भित्रै कतै छ।
-
सागर अधिकारी, बाँसगढी, बर्दिया


