बाँके ।न्यू जर्नी युवा क्लवको नेतृत्व तथा ब्यवस्थापनमा मिति २०८२ कार्तिक १५ गते साँझ देखि १६ गते दिउँसोसम्म बैजनाथ ६ लालपुर स्थित खेल मैदानमा संचालित पौराणिक तथा परम्परागत मेला हरिवोधिनी एकादशी मेला, २०८२ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ ।
आज मिति २०८२ मंसिर १३ गते शनिवार स्थानीय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, युवा, क्लवमा आवद्ध खेलाडीहरु, स्थानीय वासिन्दा लगायतको उपस्थितीमा आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रममा क्लवका सचिव तथा आर्थिक ब्यवस्थापन उपसमितिका संयोजक सुमन विश्वकर्माले मेलाको आय ब्यय विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार मेलाको जम्मा आम्दानी रु. ५,२८,०००।– जम्मा खर्च रु. ३,२१,६१८।– बचत रु. २,०६,३८२।– रहेको छ भने उक्त बचत रकम कुमारी बैंक शाखा कार्यालय, सम्झना बजारमा रहेको क्लवको खातामा जम्मा गरिएको उनले जानकारी गराए ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य देव बहादुर खत्री, नेकपा एमाले लुम्विनी प्रदेश कमिटि सदस्य नन्द विश्वकर्मा, नेपाली काँग्रेस बैजनाथ कमिटि सभापती देव बहादुर केसी, रास्वपा क्षेत्रीय सभापती भीम बहादुर खड्का, वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष भद्रबहादुर बस्नेत, न्यू हरियाली सामुदायिक वनका अध्यक्ष रामकुमार राना, स्थानीय समाजसेवी पदम बस्नेत, भक्त बोहोरा, हिरा बहादुर बुढाथोकी लगाएतले क्लव तथा मेला ब्यवस्थापन समितिलाई आफ्ना महत्वपूर्ण सल्लाह सुझावहरु दिँदै क्लवले गरेको समुचित ब्यवस्थापनका निम्ती धन्यवाद समेत ब्यक्त गरेका थिए ।






