अक्षररेखा संवाददाता
बाँसगढी, २८ मंसिर
बाँसगढीमा प्रत्येक वर्ष आयोजना हुँदै आएको व्यापार मेलालाई निरन्तरता दिइने भएको छ । यही पुस ३० देखि माघ ९ गतेसम्म मेलाको सातौँ संस्करणका रूपमा बाँसगढीमा मेला सञ्चालन गर्न लागिएको हो । बाँसगढी उद्योग बाणिज्य संघको मुख्य आयोजनामा सो मेला सञ्चालन हुन लागेको छ ।

एक समारोहका बीच सातौँ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०८२ को लोगो सार्वजनिक गर्दै संघले मेलाबारे जानकारी दिएको छ । नगरको कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिँदै आएको संघका अध्यक्ष बद्रीनाथ बरालले जानकारी दिए ।

‘प्रत्येक वर्ष लाग्दै आएको मेलाको निरन्तरताका रूपमा हामीले यो मेला सञ्चालन गर्न लागेका हौँ,’ अध्यक्ष बरालले भने, ‘यसबाट नगर क्षेत्रको मात्र नभएर जिल्लाकै कृषि, पर्यटन, तथा व्यापार प्रवद्र्धन हुने हामीले अपेक्षा लिएका छौँ ।’

बाँसगढीभित्र जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्य क्षेत्र रहे पनि प्रचारप्रसारको अभावमा पर्यटकीय गतिविधि सञ्चालन हुन नसकेको उनले बताए । मेलामा कृषि, पर्यटन र व्यापारलाई नै प्राथमिकता दिइने उनको भनाइ छ । बाँसगढी उद्योग बाणिज्य संघ मेलाको आवश्यक तयारीमा जुटिसकेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय