भूपेन्द्र बस्नेत
बाँके ।
“समृद्र्ध भविष्यको आधार जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने मुल नाराकासाथ आज विश्का १५० भन्दा बढी मुलुकहरुमा एक साथ विश्व वातावरण दिवस विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेर मनाईएको छ ।
वातावरण संरक्षण प्रति जनचेतना फैलाउने तथा सरकार, निजी क्षेत्र, विद्यालय, समुदाय नागरिकलाई वातावरणीय अभियानमा सहभागि गराउने उद्देश्यले मनाउँदै आएको विश्व वातावरण दिवसको अवसर पारेर आज बाँकेको बैजनाथ गाउँपालिकाले पनि कार्यालय परिसर भित्र बृक्षारोपण कार्यक्रम गरेर सम्पन्न गरेको छ ।


उक्त वृक्षरोपण कार्यक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत कमलाराज उपाध्याय, प्रशासकीय अधिकृत तप्तराज आचार्य लगायत जनप्रतिनिधि तथा कर्मचारी र सेवाग्राहीहरुको समेत सहभागितामा सम्पन्न गरिएको छ ।
