अक्षररेखा सम्बादाता ।
बाँके ।
बाँकेकाे राप्ती सोनारी गाउँपालिकामा आजदेखि भूमि प्रशासन कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ।
राप्ती सोनारी गाउँपालिकाको पहल तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय, कोहलपुर, बाँकेको समन्वयमा राप्ती सोनारी गाउँपालिकामा आजदेखि भूमि प्रशासन कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कार्यालय सञ्चालनको पहिलो दिन नै राप्ती सोनारी गाउँपालिका–९, निवासी श्री रोशन कुमार वली लाई जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको हो।
यससँगै अब राप्ती सोनारी गाउँपालिकाका नागरिकहरूले जग्गा दर्ता, नामसारी, अभिलेख व्यवस्थापनलगायत भूमि प्रशासनसम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। यसबाट सेवाग्राहीको समय, खर्च र सास्तीमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ।






