बाँके | अर्घाखाँची सम्पर्क मञ्च बांकेकाे प्रथम साधरण सभा तथा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
बांकेकाे जानकी गाउँपालिका स्थित हाेटल पाैवामा एक कार्यक्रम बीच सम्पन्न भएको हो ।अर्घाखाँची सम्पर्क मञ्च बांकेका अध्यक्ष बिष्णु प्रसाद खनालको अध्यक्षतामा एवं पुर्ब संविधान सदस्य देवराज भारकाे प्रमुख आतिथ्यता र लुम्बिनी प्राबिधिक बिश्वबिधालयका प्राध्यापक डा० कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यतामा उक्त साधारण सभा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न हो ।

अध्यक्ष बिष्णु प्रसाद खनालले बांकेमा छरिएर रहेका अर्घाखाँची बासीहरुलाई अर्घाखाँची सम्पर्क मञ्च बांकेले एकजुट गराई सुमधुर समन्ध सङै अफ्ट्यारो परेको बेला एकअर्कामा मिलेर सहयोग गर्न टेवा पुराउने, लुम्बिनी तथा कर्णालि प्रदेशका पर्यटन स्थानलाइ प्रचारप्रसार सहयोग हुने बताए । अर्घाखाँची सम्पर्क मञ्च बांकेका त्यस्तै काेषध्क्ष किरण खनालले आर्थिक बर्ष ०८०/८१ को प्रतिवेदन पेश गरेका थिए ।
प्रथम साधरण सभा तथा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै पुर्ब संविधान सदस्य देवराज भारले अर्घाखाँची सम्पर्क मञ्च बांकेले समाजमा रहेका दुखी, गरिब र बेसाहाराको सहयोगि बन्नेमा जोड दिएका थिए । विशिष्ठ अतिथि प्राध्यापक डा० कृष्ण प्रसाद घिमिरेले अर्घाखाँची सम्पर्क मञ्च बांकेले अर्घाखाँची बासिकोआत्मीयता जोडिने काम गरेको भन्दै आफू जहाँ रहेपनि जन्मस्थलको नाम रहने गरि काम गर्न आग्रह गरे ।

अर्घाखाँची सम्पर्क मञ्च बांकेको प्रथम साधारण सभा तथा अधिवेशनबाट बिष्णु खनालको अध्यक्षता १३सदस्यीय कार्य समिति र्निविरोध चयन भएको छ ।
समितिको उपाध्यक्षमा बुद्धी प्रसाद बन्जाडे , सचिवमा कृष्ण प्रसाद मरासिनी , कोषाध्यक्षमा किरण खनाल सदस्यहरु शोभासर पौडेल, रेणुदेवि बेलवासे, कुलेन्द्र बिश्वकर्मा जीव नारायण बेलबासे, कल्पना शर्मा, दमोदर खनाल, पसुपती अर्याल , राम प्रसाद भुसाल , मो . आजम अलि यसैगरि अर्घाखाँची सम्पर्क मञ्च बांकेको नेपालगन्ज नगर आजिज अहमतको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति र्निविरोध चयन गरेको छ । नगर समितिको उपाध्यक्षमा अस्मिता शाहा ,सचिवमा जमल अलि , कोषाध्यक्षमा सीता बन्जाडे सदस्यहरु सरिफ अलि, यसाेदिन मियाँ, हसिना खातुन, मोतिराम बेल्बासे, नारायण पोख्रेल, गिता घिमिरे, मनु बस्नेत, प्रवेस खनाल रेवाजदिन मियाँ रहेका छ्न।





