२९ असोज, बर्दिया ।
बाँसगढी प्रिमियर लिगको आज भएको दुई खेलमा माछागढ सुपर स्ट्राइकर्स र बाँसगढी राइनोजले जित हात पारेका छन्।
पहिलो खेलमा माछागढ सुपर स्ट्राइकर्सले बाँसगढी ब्ल्याकबक्स स्ट्राइकर्समाथि ३४ रनको जित दर्ता गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको माछागढले निर्धारित १५ ओभरमा १०७ रन बनायो। टोलीका लागि नितेश न्यौपानेले सर्वाधिक ५० रनको महत्त्वपूर्ण योगदान दिए।
अलराउण्ड प्रदर्शन गरेका नितेश न्यौपाने (५० रन र २ विकेट) ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो खेलमा बाँसगढी राइनोजले बाँसगढी रोयल्स टाइगर्समाथि ५ विकेटको जित दर्ता गर्न सफल भयो। टस जितेर बलिङ रोजेको राइनोजले टाइगर्सलाई ११३ रनमा समेट्न सफल रह्यो।





