बाँके २७ |   ऐतिहासिक तथा सांस्कृति महत्व बोकेको हरिबोधिनी एकादशी रात्री मेला आज बैजनाथको लालपुरमा लाग्दै छ ।

 तिहार पछिको एकादशीका दिन रात्रीकालिन यो मेला परम्परागत रुपमा बर्षैदेखि लाग्दै आएको छ । मेलामा परम्परागत सांस्कृतिक तथा मौलिक नृत्य, झाँकीहरु, मनोरञ्जनका रमाइला खेलहरु, व्यापारीक स्टलहरु रहने आयोजक तथा व्यवस्थापनको जिम्मा लिएको न्यू जर्नी युवा क्लबका सचिव सुमन विश्वकर्माले बताउनु भयो ।

तुलसी विवाहको दिन एकादशी पर्वको अवसरमा वर्षैदेखि लाग्दै गरेको यो मेला अघिल्ला वर्षहरुमा स्वतस्फुर्त  रुपमा लाग्दै गरेपनि पछिल्ला बर्षहरुमा भने व्यवस्थित, सभ्य र भब्य रुपमा लाग्दै  आएको न्यू जर्नी युवा क्लबका कार्यवाहक अध्यक्ष दुर्गा बहादुर वली (श्याम) ले बताउनु भएको छ ।

मेला व्यवस्थापनका लागि भक्त बहादुर बोहराको संयोजकत्वमा मुल आयोजक समिति रहेको र मेला व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, बैजनाथ गाउँपालिकाको कार्यालय, ६ नं. वडा कार्यालय तथा स्थानीय बुद्धिजीवि, राजनीतिक दल, समाजसेवी लगायत सबै पक्षसँग समन्वय गरी थप व्यवस्थित  गर्ने प्रयत्न गरिएको आयोजक क्लबका अध्यक्षले जानकारी दिनुभएको छ ।

२७ गते साँझ ६ बजेदेखि भोलपल्ट दिनको १२ बजेसम्म सञ्चालन हुने परम्परागत रुपमा लाग्दै आइरहेको पौराणिक मेलाको शान्ति सुरक्षाको उचित प्रबन्ध सहित सम्पूर्ण तयारी पुरा भएको मेला व्यवस्थापन मुल समितिका सयोजक भक्त बहादुर बोहरा ले जानकारी गराउनु भएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय