बाँके, ८ मङ्सिर | मङ्गल प्रसाद नमूना मा.बि.का २१० बिद्यार्थीहरुले आज नेपालगन्ज स्थित क्यूएफएक्स सिनेमाज बागेश्वरीमा चलचित्र पूर्णबहादुरको सारङ्गी हेरेका छन् ।

बच्चाहरुको भविष्य बनाउन बुवाले गर्ने संघर्षको बारेमा विद्यार्थीले चलचित्रबाट केही शिक्षा प्राप्त गरोस् भनेर यसरी चलचित्र देखाउन लगेको विद्यालयले जनाएको छ ।
सामुदायिक विद्यालयतर्फ यसरी बिद्यार्थीहरु हलमा लगेर चलचित्र पूर्णबहादुरको सारङ्गी देखाउने बाँकेमा मङ्गल प्रसाद नमूना मा.बि. संभवतः पहिलो विद्यालय हो ।





