पुष १५ ,बर्दिया।

छैठौं राष्ट्रिय च्याउ दिवस आज  बाँसगढीमा  मनाईएको छ । सामुदायिक च्याउ उत्पादक  समितिले  विभिन्न प्रकारका च्याउका परिकार प्रदर्शन र सांस्कृति कार्यक्रम गरेर च्याउ दिवस मनाएको हो ।

सामुदायिक च्याउ उत्पादक समिति बाँसगढीका संयोजक राजन थारुको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथिको रूपमा   बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का रहेको उक्त कार्यक्रममा  उपप्रमुख इन्दिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत नोखिराम वली, संस्थापक मेयर शालिकराम अधिकारी, उपमेयर शुस्मा चौधरी, च्याउ ब्यवसायि, व्यापारीहरुको उपस्थिती रहेको थियो ।  आयोजकले कार्यक्रममा च्याउका विभिन्न परिकार बनाएर  सहभागी लाई च्याउको स्वाद चखाएको  थियो |

कार्यक्रममा नगर प्रमुख खड्काले स्थानीय उत्पादन र उद्यमशीलताको विकासमा च्याउ खेतीको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसलाई थप प्रोत्साहन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए  । आयोजक समितिका संयोजक राजन थारुले बाँसगढी नगरपालिकामा च्याउको करिव २५ देखि ५० क्विन्टल सम्म च्याउ उत्पादन हुँदै आएको जानकारी दिएका छन्  । उनका अनुसार बाँसगढी नगरभित्र हाल करिव १५० जना च्याउ उत्पादक ब्यवसायी किसानहरु रहेको समेत उनले बताए ।

 

यस्ता  कार्यक्रमले स्थानीय स्तरमा च्याउ खेतीको प्रचार प्रसार  तथा यसको व्यवसायिक उत्पादनमा प्रोत्साहन हुने आयोजकले बिश्वास लिएको छ |

बाँसगढी नगरपालिकाको सहकार्य र हाम्रो एकीकृत कृषि सहकारी संस्था  लि काे समन्वयमा बाँसगढी नगर स्तरीय  सामुदायिक च्याउ उत्पादक समितिको आयोजनामा आजको कार्यक्रम सम्पन्न भएको थियो |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय