हुम कुमार चौधरी ।
माघ १०।बर्दिया।
राष्ट्रिय वाणिज्य बैंक लि. बाँसगढी शाखाले २ जान उत्कृष्ट ग्राहकलाई सम्मान गर्दै आफ्नो ६० औँ बार्षिकोत्सव भव्यताका साथ मनाएको छ । आफनो ६० औँ बार्षिकोत्सवको अवसरमा बैकको बाँसगढी शाखाबाबाट कारोबार गर्ने ग्राहक मध्ये सर्वोत्कृत ग्राहक प्रकाश बराल र संगिता रिजाललाई प्रसन्सा पत्रले सम्मान गर्दै केक काटेर बैंकको बार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।
बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रिनाथ बरालले पानसमा दियो बालेर ६० औँ बार्षिकोत्सवको उद्घाटन गर्नु भएको भयो । बार्षिकोत्सव कार्यक्रममा आफ्नो भनाई राख्दै बरालले बैंक र निजि क्षेत्रको नंग र मासुको सम्वन्ध भएकोले सहकार्य गरेर अघि बढ्नु पर्ने कुरामा जोर दिनु भयो । अध्यक्ष बरालले बैंकले नाफा मुखी मात्र नभएर सबै क्षेत्रलाई समेट्दै सेवालाई सरल र सहजरुपमा विस्तार गर्नु पर्ने सुझाव दिदै बैँकको थप प्रगतीको कामना समेत गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैँकले बाँसगढी नगरपालिकामा सेवा दिएको ५ वर्ष पुरा भएको र आगामी दिनमा अझै सरल र सहज रुपमा सेवा सुविधा दिने बैंकका बाँसगढी शाखा प्रबन्धक बिष्णु गैरेले प्रतिवद्धता जनाउनु भयो । वार्षिकोत्सव कार्यक्रममा बाँसगढी ५ का वडा सदस्य प्रकाश बराल विभिन्न बैकका शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक लि बाँसगढी शाखा प्रवन्धक विष्णु गैरेको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रममा स्वागत हेमन्त शर्माले गर्नु भएको थियो । सहायक प्रवन्धक विमला कुमाल र कर्मचारी विरिन्दा पौडेलले बैंकले दिदै आएको सेवा प्रवाहको बारेमा जानकारी गराउनु भएको थियो । सहायक प्रवन्धक कुमालले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाँसगढीको पुजी १ अर्व बराबर रहेको बताउनु भयो । बैकले नियमित कारोबार सँगै व्यवसयीक, कृषि, व्यक्तिगत र विभिन्न कर्जा प्रवाह सगै पहिला ठुला व्यापारी र कृर्षकहरुलाई मात्र कर्जा प्रवाह गर्दै आए पनि अहिले साना कृर्षकहरुलाई पनि मध्येनजर गर्दै किसान सहयोग कर्जा प्रवाहा गरीरहेको बताउनु भयो । साथै प्रदेशमा, प्रदेश विशेष कृषी कर्जाको निरन्र्तता, कृर्षकको लागि सरल कर्जा र उद्यम शिलतालाई बधावा दिनको लागि स्टाटफ कर्जा प्रबाह भईरहको जानकारी गराउनु भयो ।
वार्षिकोत्सव कार्यक्रमको सञ्चालन कर्मचारी रञ्जिता चौधरीले गर्नु भएको थियो । राष्ट्रिय वाणिज्य बैंक लि. विहिबार माघ १० गते ६० वर्ष पुरा गरी ६१ औँ वर्षमा प्रवेश गरेको हो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २ सय ९४ शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३ सय १२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिंङ्ग सेवा मार्फत सेवा प्रवाह भईरहेको बाँसगढी शाखाले जनाएको छ ।





